back
NMB ad

दसैं अफरसहित सिलिङ्क्स ट्राभल्सले सुरु गर्‍यो ‘टिकटभण्डार डटकम’

Kumari bank ad

काठमाडौं । डेढ दशकदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएको सिलिङ्क्स ट्राभल्सले घटस्थापनाको अवसर पारेर आजबाट ‘टिकटभण्डार डट कम’ सञ्चालनमा ल्याएको छ । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमको आयोजना गरी सिलिङ्क्स ट्राभल्सले टिकटभण्डार डटको सुरुवात गरेको हो ।

‘टिकटभण्डार डटकम’ सेवाग्राहीलाई सहजरुपमा हवाई टिकट उपलब्ध गराउने उदेश्यले सञ्चालनमा ल्याइएको इन्टरनेट बुकिङ इन्जिन भएको सिलिङ्क्स ट्राभलले जनाएको छ ।

‘घटस्थापनको शुभ अवसरमा हाम्रो नयाँ इन्टरनेट बुकिङ इन्जिन टिकटभण्डार डट कम सुरु गर्न पाउँदा हामी धेरै उत्साहित र उत्तिकै खुसी छौं,’ टिकटभण्डार डट कमका प्रबन्ध निर्देशक राजु ढकालले भने, ‘विश्वको जुनसुकै कुनाबाट समय र पैसाको बचत हुनेगरी हवाई उडान छनौट गर्न हामी सेवाग्राहीलाई मद्दत गर्दछौं ।’

टिकटभण्डार डटकमको सुरुवातसँगै दसैंको अवसरमा सिलिङ्क्स ट्राभलले दुईवटा अफर घोषणा गरेको छ । यो दुवै अफर असोज १० गतेदेखि कात्तिक ९ गतेसम्म टिकटभण्डार डटकमबाट हवाई टिकट बुक गर्नेहरुको लागि मात्र लागु हुने जनाइएको छ ।

दसैं अफरअनुसार आन्तरिक उडानको टिकट बुक गर्नेलाई मूल्यमा १० प्रतिशत छुट दिइनेछ र उक्त अवधिमा टिकट खरिद गर्नेमध्ये एक जोडीलाई गोलाप्रथाद्वारा काठमाडौ–बैंकक दुईतर्फी निस्शुल्क हवाइ टिकट उपलब्ध गरिनेछ ।

टिकटभण्डार डटकममा अनलाइन भुक्तानीको सुविधासमेत रहेको छ । टिकटभण्डार डट कमबाट विश्वको जुनसुकै स्थानमा यात्रा गर्न ५०० भन्दा बढी एयरलाइन्सको टिकट बुकिङ गर्ने सकिने सिलिङ्क्स ट्राभल्सले जनाएको छ ।

सिलिङ्क्स ट्राभल्ससँग रहेका १ हजार ५०० भन्दा बढी बिटुबी ग्राहक, १० लाखभन्दा बढी बिटुसी ग्राहक र आगामी दिनमा थपिने नयाँ ग्राहकले विश्वको जुनसुकै स्थानबाट जुनसुकै सयममा हवाइ टिकट अनलाइन बुक गर्न टिकटभण्डार डटकमबाट सक्नेछन् ।

वि.सं.२०७९ असोज १० सोमवार १७:०९ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...