काठमाडौं । एनआईसी एशिया बैंकको सेयर मूल्य बढेको छ । मंगलबार बैंकको सेयर मूल्य ०.७८ प्रतिशत अर्थात प्रतिकित्ता ४ रुपैयाँ ७० पैसाले बढेर ६०९ रुपैंया कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको १ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको १९ हजार ३९० कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ असोज ११ मंगलवार १६:१६ मा प्रकाशित