काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ ।
एनएमबि बैंकले २०७९, असोज गते१० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् ।
एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श÷पोसमा कारोवार गर्दा १० प्रतिशत वा रु ३०० सम्म क्यासब्याक पाउनेछन् ।
एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई–कमर्श÷पोसमा कारोबार गर्दा २० प्रतिशत वा रु. ५०० सम्मको क्यासब्याक पाउनेछन् ।
वि.सं.२०७९ असोज ११ मंगलवार १७:०९ मा प्रकाशित