back

भैरहवामा दसैं लक्षित सस्तो बजार, गृहमन्त्रीले गरे उद्घाटन

काठमाडौ।  दसैं पर्वलाई लक्षित गर्दै भैरहवामा दसैं सस्तो बजार सुरु भएको छ । उद्योगी व्यवसायीहरूको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा ‘स्वदेशमै किनमेल गर्ने बानी बसालौं’ भन्ने नाराका साथ संघको परिसरमा दसैं सस्तो बजार सञ्चालन गरिएको हो ।

सीमावर्ती बजारमा नेपाली जाने उपभोक्तालाई सचेत गराउन, स्वदेशी तथा गुणस्तरीयवस्तु तथा सेवाहरूको उपभोग बढाउन र आउँदै गरेको नेपालीहरूको चाडपर्वहरूमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउने उद्देश्यले तेस्रो पटक संघले सस्तो बजार आयोजना गरेको हो ।

बजारको उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकार गम्भीर रहेको बताए । उनले भने, ‘उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकार प्रतिबद्ध छ । शिक्षक, मजदुर, किसान, राष्ट्रसेवकको समुचित वृद्धि विकासमा ध्यान दिइनेछ ।’ उनले उद्योगी व्यवसायी देशको आधारस्तम्भ भएको बताए ।

उद्योगले उत्पादन गर्न नसके र व्यवसायीले कारोबार गर्न नसके आर्थिक मन्दीका कारण समस्या उत्पन्न हुने उनको भनाइ थियो । उनले स्वदेशी बजार प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित दसैं सस्तो बजारले स्वदेशी पैसा स्वदेशमै खर्च गर्ने बानीको विकास हुने विश्वास व्यक्त गरे ।

गृहमन्त्री खाँणले रुपन्देहीको विकासले यहाँको नागरिकको लागि मात्र नभई नेपालको विकास हुने दाबी गरे । उनले देशको विकासका लागि रुपन्देहीको विकास अपरिहार्य रहेको बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले बजारले व्यापारको प्रवर्द्धन गर्नुको साथै बजारलाई गुल्जार बनाउने विश्वास व्यक्त गरे । नगरको विकासका लागि नगरपालिका सधैँ प्रतिबद्ध भएकोले हातेमालो गर्दै अघि बढ्ने बताए ।

उद्योगी, व्यवसायीसँगको सहकार्यमा उपभोक्ताहरूलाई सर्व शुलभ रूपमा एकै थलोबाट सहज तरीकाले दैनिक उपभोग्य वस्तुहरू बिक्री वितरण गरिने गरी २७ वटा स्टल रहेको बजारमा रहेको बस्तुगत मेला तथा व्यवसाय प्रवर्द्धन समिति संयोजक अर्जुन कार्कीले बताए ।

बजारमा आर्थिक चलायमान हुने, स्वदेशी उद्योग व्यवसायका उत्पादनहरूको प्रचार प्रसार हुने र आम उपभोक्ताहरूले सर्व शुलभ रूपमा उपभोग्य वस्तुहरू खरिद गर्ने अवसर प्राप्त हुने कार्कीले भने ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले उपभोक्ताको हितको लागि दसैं सस्तो बजार सञ्चालन गरिएको बताउँदै बाहिर बजारमा भन्दा सुलभ मूल्यमा वस्तुको विक्रिवितरण भइरहेको बताए । दसैं र तिहार लक्षित बजार गर्नै भनेर सीमावर्ती बजार सुनौलीमा नेपालीहरूको घुइँचो लाग्ने गरेको छ । बाहिरिने नेपाली उपभोक्तालाई नेपाली बजारमै रोक्ने संघको उद्देश्य रहेको बताए ।

यसले मुलुकको अर्थतन्त्रमा सहयोग पुग्ने अध्यक्ष न्यौपानेले भने । स्वदेशी बजार प्रवर्द्धन गर्ने उद्देश्यले दसैं सस्तो बजार सञ्चालन गरिएको बताए । उनले आगामी मंसिर २३ देखि पुस ४ गतेसम्म संघले भैरहवामा लुम्बिनी महोत्सव ९औद्योगिक व्यापार मेला० को आयोजना गर्न लागेको जानकारी दिए ।

दसैं बजारमा स्थानीय भैरहवा बजार क्षेत्रबाट करिब २ हजार ५ सय को संख्यामा उपभोक्ता तथा अवलोकनकर्ताहरूको आवागमन हुने र करिब ४० देखि ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको संघका अध्यक्ष न्यौपानेले भने ।

विक्रम संवत २०११ सालमा स्थापित सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही स्थापनाकाल देखिनै यस क्षेत्रको आर्थिक विकासका लागि प्रतिबद्ध तथा क्रियाशील रहँदै आएको छ । नजिकै सीमा क्षेत्रमा रहेको बजारले भैरहवा क्षेत्रको पसल दसैंमा संकेत सुनसान रहेकोले भन्सार क्षेत्रमा कडाइ गर्नु पर्ने बताए ।

वि.सं.२०७९ असोज ११ मंगलवार १९:१० मा प्रकाशित

You can share this post!

पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र

पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र

वि.सं.२०७९ चैत १५ बुधवार १२:४५

खोटाङ । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा...

मस्कको इमेलः ट्विटरको मुल्य २४ अर्ब डलरले घटयो

मस्कको इमेलः ट्विटरको मुल्य २४ अर्ब डलरले घटयो

वि.सं.२०७९ चैत १४ मंगलवार १०:२४

काठमाडौं । सोसल मिडिया प्लेटफर्म ट्विटरको मूल्य २४ अर्ब अमेरिकी...

अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्यो, बैंकिङ क्षेत्र उच्च जोखिममा छ

अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्यो, बैंकिङ क्षेत्र उच्च जोखिममा छ

वि.सं.२०७९ चैत १२ आइतवार १९:५१

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का प्रमुख क्रिस्टालिना जर्जिएभाले वित्तीय...

भारतलाई टुक्राएर अलग्गै खलिस्तान देश बनाउन खोज्ने अमृतपाल नेपाल पस्न सक्ने भन्दै सिमानामा भारतीय सुरक्षा अलर्ट

भारतलाई टुक्राएर अलग्गै खलिस्तान देश बनाउन खोज्ने अमृतपाल नेपाल पस्न सक्ने भन्दै सिमानामा भारतीय सुरक्षा अलर्ट

वि.सं.२०७९ चैत ११ शनिवार ०८:०५

काठमाडौं । भारतले खलिस्तान नामक अलग्गै मुलुक बनाउने अभियान चलाइरहेका...

एनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजारको सहयोग

एनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजारको सहयोग

वि.सं.२०७९ चैत १० शुक्रवार ०७:२७

काठमाडाै । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई...

प्रधानमन्त्री मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

प्रधानमन्त्री मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

वि.सं.२०७९ चैत ९ बिहीवार १२:३३

दिल्ली । भारतीय अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानी गरेको आरोपमा...