back
NMB ad

फूलपातिको विशेष महत्व, बर्षदिन फुलपातिलाई कसरी प्रयोग गर्ने ?

Kumari bank ad

सुरेश चन्द्र रिजाल, ज्योतिष पण्डित । घटस्थापनाको सातौ दिन कालरात्री भगवतीको पुजा उपाशना गर्ने शास्त्रीय नियम रहेको छ ।

कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री भगवतीको क्रमशः पुजा आवाहान पश्चात् उक्त दिनको नित्य पुजापश्चात मध्यान्न काललमा नवपत्रिकाका रुपमा फुलपाति भित्र्याउने शास्त्रीय नियम रहिआएको छ।

यद्यपि तुलजा भवानी रथ यात्राका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान १०: ५ बजेको शुभ समय निर्धारण गरेको छ।

षष्टी तिथिका दिन साझको समयमा विल्व निमन्त्रणा गरेपछि सप्तमि तिथिमा नवपत्रिकाका रुपमा पुजाकोठामा फूलपाति भित्र्याउने शास्त्रीय नियम रहिआएको छ।
कदली दाडिमी धान्या हरिद्रा मानकं कचु। विल्वाशोकौ जयन्ती च विज्ञेया नवपत्रिका : ।।

१ कदली( केराको पात २ दाडिमी – दाडिम (अनार) ३ धान्या – धान (बाला सहितको बोट) ४ हरिद्रा- हलेदो ५ मानकं – ६ कचु ७ अशोक ८ बेल ९ जयन्ती यसरी नौ प्रकारका अ‍ौषधीय गुणले युक्त भएका जडिबुटीका रुपमा मध्याह्नको समय पारेर पुजाकोठा या जमरा घरमा विधिपूर्वक दियो,कलश गणेश स्थापना गरेर पञ्चोपचार या षोडषो पचारले विधिपूर्वक पुजा गरेर शंख,घन्ट सहित बाजागाजा बजाएर मंगलधुन सहित नवपत्रिका भित्र्याउने नियम रहिआएको छ ।

वर्षा ऋतु समापन पछि शरद ऋतुमा नयाँ अन्न चढाउने नियम रहेकाले नवित्रिकाको विशेष महत्व रहेको छ । हाम्रो देश नेपाल वैदिक,हिन्दु तन्त्रात्मक सिद्ध भुमि भएकाले सदीयौंदेखि चल्दै आएका नियम र परम्परामा रहेर आफ्ना चाडपर्व हरु मनाउनु पर्छ भन्ने धार्मिक ग्रन्थ हरुमा व्याख्या भएको पाईन्छ । हिमाल,पहाड र तराई गरि तीन भागमा नेपाली हरुको बसोवास रहेकाले पनि भूमि हनुसार उपलब्ध बस्तुहरु पुजाघरमा भित्र्याउने र पुजागर्नुपर्ने शास्त्रीय नियम रहिआएको । यसरी भित्र्याउने फुलपाति सुकेपछि धुलोबनाएर शुद्ध गाईको ध्यूले मोलेर बर्षदिन धुपका रुपमा प्रयोग गर्ने पनि नियम रहिआएको छ ।

वि.सं.२०७९ असोज १६ आइतवार ०७:५७ मा प्रकाशित

You can share this post!

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:३५

गण्डकी, २३ वैशाखः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज...

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:२९

नारायण ढुङ्गाना काठमाडौँ, २३ वैशाख : अर्थतन्त्रका आन्तरिक तथा बाह्य...