back
NMB ad

आज ‘एनआरएनए डे’ मनाइँदै

Kumari bank ad

लन्डन । नेपाल सरकारले ११ अक्टोवरलाई एनआरएनए डे (गैरआवासीय नेपाली दिवस) को रूपमा मनाउँदै आएको छ । सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८४ देशमा शाखा रहेको छ ।

एनआरएनएको स्थापना दिवसको अवसरमा मंगलबार संघले काठमाडौंमा एक विशेष समारोहको आयोजना गर्न लागेको संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए । मंगलबार होटल याक एण्ड यतीमा आयोजना हुने समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।

समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्का, कांग्रेस नेता राधेश्याम अधिकारी, पूर्वमन्त्री रामकुमारी झाँक्री, माओवादी नेता खिमलाल देवकोटा, लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण, मुख्यसचिव शंकरदास बैरागीलगायत नेपाल सरकारका उच्च पदाधिकारी तथा सचिवहरूको उपस्थिति रहनेछ ।

दुई दिनसम्म चल्ले कार्यक्रमको अन्तिम दिन समापन समारोहलाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओ‌लीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । काठमाडौंस्थित संघको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले महासचिवद्वय गौरीराज जोशी र केशव पौडेलको वार्षिक प्रतिवेदन, कोषाध्यक्षहरूको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

वि.सं.२०७९ असोज २५ मंगलवार १२:२३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...