काठमाडौं । सनराइज बैंक लिमिटेडले १० वर्षदेखि खाता खोली कारोबार नभएका खातावालाहरुलाई खाता सूचारु गर्न आग्रह गरेको छ ।
बैंकले १० वर्षदेखि शुन्य मौज्दातमा खोलिएका खाताहरु हालसम्म पनि कारोबारमा नभएका खाता सूचारु गर्न आग्रह गरेको हो ।
बैंकले १५ दिनभित्र त्यस्ता खाता खोलेका खातावालाहरुलाई बैंकमा सम्पर्क गर्न भनेको छ ।
साथै सो म्यादभित्र खाताहरु सक्रिय नभएमा सो खाताहरु बैंकद्वारा बन्द गरिने जनाएको छ ।
वि.सं.२०७९ असोज २५ मंगलवार १२:४८ मा प्रकाशित