back
NMB ad

नक्सालको होटलमा जलेर एक महिलाको शङ्कास्पद मृत्यु, दुई पक्राउ

Kumari bank ad

काठमाडौं । नक्सालमा रहेको क्राउन प्लाजा होटलमा जलेर एक महिलाको शङ्कास्पद मृत्यु भएको छ । होटलको कोठामा जलेकी २३ वर्षीय एक महिलाको उपचारका क्रममा मङ्गलबार कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले महिलाको मृत्युबारे छानविन गर्न मङ्गलबार नै दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

पक्राउपर्नेमा होटलका कर्मचारी पवनकुमार श्रेष्ठ र महिलासँगै होटलमा बस्न गएका केशव रिजाल रहेका छन् । महिला होटलमा जलेर गम्भीर घाइते भए पनि होटलले प्रहरीलाई खबर नगरी अस्पताल लगेकाले घटना शङ्कास्पद भएकाले प्रहरीले आवश्यक अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता मैनालीले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।

वि.सं.२०७९ असोज २६ बुधवार २०:२२ मा प्रकाशित

You can share this post!

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:५३

रामविकास चौधरी लुम्बिनी (मर्चवार), २८ वैशाख : ‘कुस्ती’को जन्म छ,...

चट्टान आरोहण गर्दैगर्दा लडेका सूचनको उपचारका क्रममा मृत्यु   

चट्टान आरोहण गर्दैगर्दा लडेका सूचनको उपचारका क्रममा मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:४६

खोटाङ, २८ वैशाख : साहसिक खेल भनेर चिनिने चट्टान आरोहण...

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:३१

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत...

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:२५

मान्म (कालीकोट), २८ वैशाख : कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८...

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१७

काठमाडाैँ, २८ वैशाखः सहकारीको रकम अपचलनसम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि...

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा   

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१२

काठमाडौँ, २८ वैशाखः चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन...