काठमाडौं । सर्वाधिक कारोबार भएको नबील बैंकको सेयर मूल्य घटेको छ । साताको अन्तिम कारोबार दिन बैंकको सेयर मूल्य ०.२५ प्रतिशत अर्थात प्रतिकित्ता २ रुपैयाँले घटेर ७९६ रुपैंया कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ३ करोड ४० लाख ३५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको ४२ हजार ७९८ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ असोज २७ बिहीवार १५:४८ मा प्रकाशित