back
NMB ad

इस्टर्न हाइड्रोपावरको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

Kumari bank ad

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको आज शुक्रबारदेखि निष्कासन गरेको सेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा १५ करोड ८० लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज दिउँसो १ः३३ बजेसम्ममा १ लाख ३५ हजार ४२९ जनाले १५ लाख ८० हजार ४१० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.५३ गुणा बढी आवेदन हो ।

कम्पनीले आज अर्थात असोज २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।

यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्ता सहित ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गर्न लागेको हो ।

यो मध्ये ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा कार्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कार्तिक १४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

वि.सं.२०७९ असोज २८ शुक्रवार १४:५६ मा प्रकाशित

You can share this post!

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...