back
NMB ad

उद्योग वाणिज्य संघ महोत्तरीमा भाँडभैलो, नियमावली परिवर्तन गरेर आफूखुसी गरेको आरोप

Kumari bank ad

विशाल बस्नेत, महोत्तरी । उद्योग वाणिज्य संघ बर्दिवासको नियमावलीलाई लिएर स्थानीय व्यापारीले आपत्ति जनाएका छन् ।

आफू मातहतका केही पदाधिकारी बसेर नियमावली संशोधन गरेको व्यापारीको आरोप छ ।

संघको ६ वर्षदेखि साधारणसभा हुन नसक्दा पुरानो कार्यसमितिले नै कामलाई निरन्तरता दिइरहेको वेला नयाँ बन्ने कार्यसमितिसमेत पुरानो रहनेगरी नियमावली परिवर्तन गरेको व्यापारीको दाबी छ ।

उद्योग वाणिज्य संघको नियमावली अनुसार कार्यकारिणी समितिको अध्यक्ष पदमा उम्मेदवार हुन कम्तीमा एक कार्यकाल कार्यसमितिको कुनै पनि ६ जना प्रमुख पदाधिकारी सदस्यको कार्यसम्पादन गरेको अनुभव हुनुपर्ने उल्लेख छ ।

यो नियमावलीले नयाँ नेतृत्व गर्न चाहनेलाई अकुंश लगाएको छ । विशेषगरी यही नियमावलीलाई लिएर बर्दिवासका व्यापारी आन्दोलित भएका हुन् । पुरानो पदाधिकारीलाई नै निरन्तरता दिनेगरी बनाएको नियमावली मान्य नहुने बर्दिवासका युवा व्यवसायी विमल बुढाथोकीको आक्रोश छ ।

लोकतान्त्रिक पद्धतिमा उद्योग वाणिज्य संघलाई तानाशाही बनाएको आरोप लगाउँदै अर्का युवा व्यवसायी कमल बस्नेतले कार्यवाहक अध्यक्ष कृष्ण गौतमलाई अध्यक्ष बनाउन चलखेल भएको बताए ।

आज विनायक ब्याङ्क्युटमा बसेको बैठकमा सहभागीले उद्योग वाणिज्य संघलाई स्वायत्त नाममा केही व्यक्तिले नियन्त्रण लिन खोजेको समेत आरोप लगाए ।

बैठकमा पूर्व नगरप्रमुख विदुर कार्कीको समेत उपस्थिति रहेको थियो । विधान र नियमावलीअनुसार पदाधिकारीको कार्यकाल तीन वर्ष रहने भएता पनि ६ वर्षदेखी अवैध भएकोप्रति कार्कीले प्रश्न उठाएका छन् ।

६ वर्षदेखी उद्योग वाणिज्य संघको कार्यसमिति नै नरहेको बताउँदै यदि नियमावली परिवर्तन भएको भए पनि त्यो पूर्णरुपमा अवैध भएको सहभागीको ठहर छ ।

कार्यसमितिका सदस्य डाकराज पोखरेल नियमावलीान २०७३ को नभएको जिकिर गर्छन् । नियमावलीमा अध्यक्ष उम्मेदवारको लागी ५० हजार र सदस्यहरूका लागि १० हजार १ सय रुपैयाँ शुल्क लाग्ने पनि नियमावली उल्लेख छ ।

शुल्कको विषयलाई लिएर पनि व्यापारीहरूले चर्को आवाज उठाएका छन् । सामान्य व्यापार गर्नेले नेतृत्व गर्ने क्षमता भएता पनि बन्देज लगाएको भन्दै व्यापारीहरूले आक्रोश व्यक्त गरेका छन् ।

नियमावली परिवर्तन गरेका छैनौ : महासचिव

उद्योग वाणिज्य संघका महासचिव भवनाथ खतिवडाले नियमावली पुरानो नै भएको दाबी गरेका छन् ।

उद्योग वाणिज्य संघको नियमावली २०७३ यथावत् रहेको र त्यसमा कुनै फेरबदल नभएको जिकिर गर्दै महासचिव खतिवडाले व्यापारीले विरोधको लागी आरोप मात्र लगाएको बताए ।

हामीले कृष्ण गौतमलाई अध्यक्ष बनाउन नियमावली परिवर्तन गरेको जुन आरोप लगाइएको छ त्यो गलत हो, उनले भने, उक्त नियमावलीको विषयमा बर्दिबाँस निवासी अधिवक्ता विष्णु कार्कीलाई जानकारी छ ।

व्यापारीलाई नियमावली संशोधन गर्न साधारणसभा राखेर मार्गप्रस्त गर्दा पनि निरर्थक तर्क गरिरहेको खतिवडाको भनाइ छ ।

वि.सं.२०७९ असोज २९ शनिवार २१:०८ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...