back
NMB ad

टिभिएसको एक्सचेन्ज मेला आजबाट सुरु, नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुट

Kumari bank ad

काठमाडौं । टिभिएस मोटर्सले काठमाडौंमा एक्सचेन्ज मेला सुरु गरेको छ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नामका बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना गरेको हो ।

आज अर्थात असोज ३१ बाट सुरु भएको यो मेला कात्तिक ५ गतेसम्म चल्ने छ । यस मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने कम्पनीले जनाएको छ।

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको मोटरसाइकल तथा स्कुटर लिन पाउने छन्। साथै बजार मुल्यांकनभन्दा ७ हजार रुपैयाँ बढी, नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुटको समेत व्यवस्था गरिएको छ।

यो योजनामा आकर्षक फाइनान्स अफर समेत रहेको कम्पनीले जनाएको छ। जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट गरी मासिक ४ हजार २७७ रुपैयाँको ईएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ।

यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्यागजस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन्।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीले नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ बिक्री–वितरण गरिरहेको छ ।

वि.सं.२०७९ असोज ३१ सोमवार १४:०१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...