काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले बीमालेख धितोमा लगानी गर्ने कर्जाको व्याजदर सार्वजनिक गरेको छ ।
कम्पनीबाट विभिन्न मितिमा बीमा गराई बीमालेख धितो कर्जा लिएका बीमित तथा प्रस्तावकहरुको कर्जामा लिइदै आएको व्याजदरलाई परिमार्जन गरेको हो ।
बीमालेख धितोमा कम्पनीले १० प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्दै आएको थियो । त्यसलाई परिमार्जन गर्दै कम्पनीले १२ प्रतिशत पुर्याएको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ व्याजदर कार्तिक १ गते देखि लागू हुने जनाएको छ ।
वि.सं.२०७९ कात्तिक १ मंगलवार १४:२४ मा प्रकाशित