back
NMB ad

बर्दिबासमा कार्यकारीको दादागिरी, नगरप्रहरी लगाएर क्वाटरबाट कर्मचारी निकालेको आरोप

Kumari bank ad

विशाल बस्नेत, महोत्तरी । सोमबार बेलुका बर्दिबास नगरपालिकाका कृषि साखाका कृषि अधिकृत विष्णुदेव साहले आत्तिदै नगरका प्रवक्ता विजय महतोलाई फोन गरे । तीन वर्षदेखि बस्दै आएको कृषि कार्यालयस्थित निवासमा नगरका कार्यकारी अधिकृत धर्मानन्द जोशीले एका एक नगर प्रहरी लगाएर क्वाटरमा ताला लगाइदिएको उनको गुनासो थियो ।

प्रवक्ता महतो अधिकृत साहको गुनासो सुनिसकेपछि कार्यकारी भएको ठाउँमा पुगे । एक रात छाडिदिनुस् भोलि छलफल गरौंलाभन्दा पनि कार्यकारी जोशीले अस्वीकार गरेको प्रवक्ता महतोको आरोप छ ।

नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले भने साहलाई प्रक्रियाअनुसार नै क्वाटरबाट हटाएको बताए । विष्णुदेव साहकी श्रीमती सुनितादेवी सुडी कार्याकारीले आफूहरूमाथि ज्यादति भएको र न्याय दिन आग्रह गरिरहेकी छिन् ।

के भएको थियो ?

२५ असोजमा विष्णुदेवलाई कार्यकारी अधिकृत जोशीले बोलाएका थिए । साह नगरपालिकास्थित जोशीको चेम्बरमा पुग्दा उपप्रमुख तारादेवी र उनका स्वकीय श्रीमान त्यही थिए । वष्णुदेवका अनुसार कार्यकारीले नगरको लागि मल आएको र उक्त मल बिक्रेता सहकारीहरूलाई खबर गरेर नविकरण गर्न निर्देशन दिए ।

साह तुरुन्त आफ्नो कार्यालयमा फर्किए र बिक्रेता सहकारीहरूलाई निवेदन ल्याउन अनुरोध गरे । दिनको करिब २ बजे कार्यकारीको तोक लगाएका केही निवेदन आए । त्यसमध्ये पशुपति जन उपभोक्ता सहकारी र लालीगुँरास जनउपभोक्ता सहकारीले तोक लगाएको निवेदनलाई साहले हेरेर नवीकरण गरिदिए ।

त्यसपछि कार्यकारी जोशीले फोन गरे र क-कसले नवीकरण गराए भन्ने जिज्ञासा राखे । साहले नवीकरण गरिसकेकाहरूको विवरण दिदा कार्यकारी जोशी निक्कै आक्रोशित भए ।

विष्णुदेवका अनुसार कार्यकारीले गालीमात्र गरेनन् अपशब्द नै बोले । नवीकरण गरेका दुई सहकारीमध्ये पशुपति जनउपभोक्ता सहकारीले पहिला नगरविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको थियो । पशुपतिलाई बिक्रेताबाट नगरले हटाएपछि अदालत गएको र खारेज नगर्न अन्तरिम आदेश लिएर आएको थियो ।

नगरविरुद्ध मुद्दा हाल्ने सहकारीलाई किन नवीकरण गरेको भन्दै कार्याकारीले गाली र अपशब्द बोलेको साहको भनाइ छ । यही कारण क्वाटरबाट निकालेको साहको दाबी छ ।

निरकुंश बन्दै नगरपालिका

बर्दिबास नगरपालिका निरकुंश बन्दै गएको सर्वसाधारणको आरोप छ । पूर्व वडाध्यक्ष भरत हमाल नगरप्रमुख र कार्यकारीको काम गर्ने सैली राम्रो नभएको बताउँछन् । यदि कर्मचारीले गल्ती गरे विभागीय कारवाही र सरुवा गर्न सकिने भए पनि बदला लिने नाममा धरपकड गर्नु गलत हो । उनले भने ।

कार्याकारी धर्मान्द जोशीले कर्मचारीमाथि तानाशाहको जस्तो गरेको गुनासो बढेको छ । उनी यसअघि भंगाहा नगरपालिकामा थिए । कार्यकारी जोशीको शैलीकै कारण त्यहाँ कर्मचारी र जनप्रतिनिधिबाट असहयोग भएपछि उनी बर्दिबास आएका थिए ।

उनको कार्यशैली कै कारण पुर्व नगरप्रमुख विदुर कार्कीले कार्यालयमा हाजिरी नै गराएका थिएनन् । पछि प्रल्हाद क्षेत्री निर्वाचित भएपछि पुनः आएका हुन् ।

वि.सं.२०७९ कात्तिक २ बुधवार १३:४८ मा प्रकाशित

You can share this post!

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...