back
NMB ad

भोलि तीन कम्पनीको साधारण सभा हुँदै, कुनको कस्ता छन् एजेण्डाहरु ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात कार्तिक ४ गते तीन कम्पनीको साधारण सभा हुँदैछ । उक्त दिन सिटिजन बैंक, गुराँस लाईफ इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स कम्पनीले सभा गर्न लागेका हुन् ।

सिटिजन बैंक

सिटिजन्स बैंक इन्टरनेसनलले ४ कात्तिकमा वार्षिक साधारण सभा बस्ने निर्णय गरेको छ । सभामा कम्पनीले ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ । यसर्थ, कम्पनीले एक अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ (करसहित) नगदमा खर्च गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले २८ असोजमा बुक क्लोज गर्ने भएको छ । तसर्थ, २७ असोजमा कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

गुराँस लाईफ इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा शुक्रबार बस्‍ने भएको छ । सभामा कम्पनीले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

युनियन लाइफ र प्राइम लाइफसँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एजेन्डा पनि रहेको छ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले २६ असोजमा बुक क्लोज गरिसकेको छ । २५ असोजसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

हिमालयन रि इन्स्योरेन्स

हिमालयन रि इन्स्योरेन्स कम्पनीले दोस्रो वार्षिक साधारण सभा भोलि अर्थात कार्तिक ४ गते बोलाएको छ ।  सभा होटल अलफ्ट, ठमेल काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

सभाले प्रबन्धपत्र तथा नियममावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समिति लाई आवश्यक सम्पूर्ण अधिकार प्रयोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न संचालक समितिलाई अख्तियारी प्रदान समेत गर्नेछ ।

यसका अलावा कम्पनीको उक्त सभाले सामान्य प्रस्तावबमोजिम आव २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता अनुसुचीहरुसहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

वि.सं.२०७९ कात्तिक ३ बिहीवार १४:४२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...