काठमाडौं । नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६०० रुपैंयाले घटेको हो ।
आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आजको लागि तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकेको छ । उक्त दिन चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७९ कात्तिक ४ शुक्रवार ११:३३ मा प्रकाशित