back
NMB ad

आज तीन कम्पनीको साधारण सभा, कुनले कति दिदैंछ लाभांश ?

Kumari bank ad

काठमाडौं । आज अर्थात कार्तिक ४ गते शुक्रबार तीन कम्पनीको साधारण सभा हुँदैछ । उक्त दिन सिटिजन बैंक, गुराँस लाईफ इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स कम्पनीले सभा गर्न लागेका हुन् ।

सिटिजन बैंक

सिटिजन्स बैंक इन्टरनेसनलले आज ४ कार्तिकमा वार्षिक साधारण सभा बस्ने निर्णय गरेको छ । सभामा कम्पनीले ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ । यसर्थ, कम्पनीले एक अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ (करसहित) नगदमा खर्च गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले २८ असोजमा बुक क्लोज गर्ने भएको छ । तसर्थ, २७ असोजमा कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

गुराँस लाईफ इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा आज शुक्रबार बस्‍ने भएको छ । सभामा कम्पनीले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

युनियन लाइफ र प्राइम लाइफसँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एजेन्डा पनि रहेको छ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले २६ असोजमा बुक क्लोज गरिसकेको छ । २५ असोजसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

हिमालयन रि इन्स्योरेन्स

हिमालयन रि इन्स्योरेन्स कम्पनीले दोस्रो वार्षिक साधारण सभा आज अर्थात कार्तिक ४ गते बोलाएको छ । सभा होटल अलफ्ट, ठमेल काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

सभाले प्रबन्धपत्र तथा नियममावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समिति लाई आवश्यक सम्पूर्ण अधिकार प्रयोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न संचालक समितिलाई अख्तियारी प्रदान समेत गर्नेछ ।

यसका अलावा कम्पनीको उक्त सभाले सामान्य प्रस्तावबमोजिम आव २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता अनुसुचीहरुसहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १०:०४ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...