back
NMB ad

विपद्को कहरः ६ महिनामा २८५ जनाले गुमाए ज्यान, ३३ जना बेपत्ता

Kumari bank ad

काठमाडौं । विपद्का घटनाले अघिल्लो वर्षको तुलनामा यसवर्षको पहिलो ६ महिना धेरै जनधनको नोक्सानी गरेको छ ।

यसवर्षको पहिलो ६ महिना (२०७९ वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म) को अवधिमा विभिन्न विपद्का घटनामा परी २८५ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा रेकर्ड भएका २०५३ वटा विपद्का घटनामा परी ३३ जना बेपत्ता छन् भने ६०६ जना घाइते भएका छन् ।
यसवर्ष विपद्का घटनाले १ अर्ब १४ करोड ३ लाख २२ हजार ८३५ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिरकणले जनाएको छ ।

बाढी, पहिरो, हाई अल्टिच्युड, डुंगा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारीवर्षा, हुरी बतास, भूकम्प, हिमपहिरो, जनावरको आक्रमण, वन डढेंलो र हिमपातका घटनाबाट उक्त जनधनको क्षति भएको हो ।

अघिल्लो वर्ष २०७८ को सोही अवधि (वैशाख १ गतेदेखि असोज ३१ गते)मा १ हजार ९६५ वटा विपद्का घटनामा परी २७० जनाको मृत्यु, ४४ बेपत्ता र १ हजार ३३९ जना घाइते भएका थिए ।

गतवर्षको पहिलो ६ महिनामा विपद्का घटनाले १ अर्ब ७ करोड ४७ लाख ६६ हजार २७२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

पहिरोका घटनाबाट सबैभन्दा बढीको मृत्यु

बितेको ६ महिनामा विपद्का घटनामध्ये सबैभन्दा बढीको मृत्यु पहिरोमा परी भएको छ । सो समयमा पहिरोका घटनामा परी ९५ जनाको मृत्यु भएको छ ।

प्राधिकरणका अनुसार यसवर्ष चट्याङ लागेर ८०, आगलागीमा परी २७, जनावरको आक्रमणमा परी २१, बाढीमा परी १९, सर्पको टोकाइबाट १८, हाई अल्टिच्युडका कारण ३, डुंगा दुर्घटनामा १, भारीवर्षाका कारण ८, हुरी बतासका कारण ९, हिमपहिरोमा परी २, वन डढेंलोमा परी १ र हिमपातका कारण १ जनाको मृत्यु भएको छ ।

आगलागीले गर्यो सबैभन्दा बढी आर्थिक क्षति

बितेको ६ महिनामा विपद्का घटनामध्ये आगलागीले सबैभन्दा बढी आर्थिक क्षति गरेको छ । सो अवधिमा आगलागीका घटनाबाट ९५ करोड ३१ लाख ६७ हजार ५६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

प्राधिकरणका अनुसार पछिल्लो ६ महिनामा पहिरोका घटनाले ८ करोड ८१ लाख २८ हजार ७०० रुपैयाँ, बाढीले १ करोड ४५ लाख ८८ हजार रुपैयाँ, वन डढेंलोले १ करोड २३ लाख ८५ हजार रुपैयाँ, भारीवर्षाले ३ करोड ८१ लाख ३० हजार ६७५ रुपैयाँ र हुरी बतासले २ करोड ५४ लाख ६१ हजार ८०० रुपैयाँको आर्थिक क्षति गरेको छ ।

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १२:१७ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...