back
NMB ad

स्वदेशी चाड विदेशी सामान

Kumari bank ad

तिहार सुरु हुँदै छ । यसको चहलपहल बजारमा हवात्तै चाडपर्वहरू मिठो खाने राम्रो लाउने र पारिवारिक मिलनको अवसर हो। अनि किन नहोस् त बजारमा चहलपहल तर चाडपर्वमा उपभोग्य अधिकाश वस्तु र सामान भने आयातमै निर्भर छ जसका कारण तिहारको बेला पनि ठूलो स्वदेशी पूंजी बाहिरिंदै आएको छ।

कृषिप्रधान मुलुक भए पनि तिहारमा अपपत्री फूलको माला, टीका, फिलिमिली बत्ती भाइमसला, फलफूलदेखि लताकपडासम्म विदेशकै भर पर्नु परेको छ। यसले मुलुकको निर्यातभन्दा आयात चुलिएको छ। दैनिक उपभोग्य वस्तु पनि आयात गर्नुपर्ने बाध्यताक कारण आयात चुलिएको हो। मुलुकले पतिवेला तरलता समस्या मलिरहेको छ। चुलिदै गएको आयातले विदेशी मुद्रा सञ्चिति निरन्तर पद्दी छ दिनहुँ बढिरहेको डलरको मूल्य अर्को चुनौती बनेको छ। दशैतिहारका अवसरमा लत्ताकपडासहित विभिन्न सामान किनमेल गर्नुपर्छ । चाडपर्वमा मन फुकाएरै गरिने खर्चले पछिल्लो समय नगदमा आधारित अन्य फस्टाएको छ।

खाद्यपदार्थ लत्ताकपडादेखि गरगहना, गाडी मोटरदेखि टीभी, फ्रिज र वासिङ मेसिनजस्ता विद्युतीय उपकरण मांडाकुंडा, मरमसला माछामासु र फलफूल तथा अत्यावश्यक वस्तुदेखि मदिरा र विलासी सामानको उपभोग र व्यापार जति छ त्यति नै व्यापारपाटाको पारो उकालो लाग्ने गर्छ।

नेपाल राष्ट्र बैकका अनुसार २०७२ असार मसान्तको सुलनामा विदेशी विनिमय सञ्चित साउनमा १.४ प्रतिशतले कमी भएको छ। २०७५ असार मसान्तमा १२ खर्व १४ अर्ब ८० करोड रुपियाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति साउन मसान्तमा ११ वयं ९० अर्व ५ करोड रुपियाँ कायम भएको छ। यता २०७९/८० को पहिलो महिनाको आयात हेर्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९ महिनाको वस्तु आयात र आठ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्नेछ।

तिहारका लागि २५ करोड रुपियाँको झिलिमिली बत्ती, एक अर्ब रुपियाँको भाइमसला र तीन लाखवटा सयपत्री फूलको माला आयात भएको छ ।

२५ करोडको झिलिमिली बत्ती

तिहारकै लागि विगतमा ३५ देखि ४० करोड रुपियाँ बराबरको आयात हुने गरेको मिलिमिली बत्तीको आयातमा सङ्कुचन आएर २५ करोडमा मरेको छ। सरकारले आयातमा गरेको बन्देज र पछिल्लो समय आर्थिक मन्दीले गर्दा आयात र बिक्री दुवैमा कमी आएको बताउनुहुन्छ नेपाल विद्युत व्यापार महासका अध्यक्ष सुदर्शन पौडेल ।

अध्यक्ष पौडेलका अनुसार अहिले उत्साहजनक छैन व्यवसाय सरकारले आयातमा गरेको कडाइले पर्याप्त आपात पनि भएको छैन। शतप्रतिशत क्यास मार्जिनमा काम गर्नुपर्ने तथा आर्थिक मन्दीले बजारमा विगतमा जस्तो चहलपहल छैन। अघिल्ला वर्षमा तिहारका लागि दशैँदेखि नै चहलपहल सुरु हुन्थ्यो। विगत सम्झदै पाडेल भन्नुहुन्छ, “फेस्टिभल लाइट मात्रै ३५ देखि ४० करोड रुपियाँ बराबरको आयात हुन्थ्यो। यो वर्ष २० देखि २५ करोड रुपियाँको मात्रै आयात भएको छ।

यो बेला झिलिमिली बत्तीका साथै अरू विद्युतीय सामानको पनि व्यापार बढ्छ । तिहार भनेकै उज्यालोको चाड भएकाले फिलिमिली मात्रै नभएर सरसफाइका क्रममा जलेका बत्तीहरू पनि यो बेला फेर्ने गरिन्छ । पछिल्ला वर्षहरूमा नयाँ घर बनाएर सर्ने साइत नै यो बेला गरिन्थ्यो। अहिले निर्माण पनि कम भएको छ जसले गर्दा व्यापारमा कमी आएको छ। यो व्यवसायको निर्माणसँग प्रत्यक्ष सम्बन्ध हुन्छ । यो व्यवसायमा १० प्रतिशत चीनबाट र बाँकी १० प्रतिशत भारतबाट आयात हुने सामानको कारोबार हुँदै आएको छ ।

एक अर्बको भाइमसला

तिहारमा सबैले खोज्ने भाइमसलाको व्यापार पनि बढ्दो छ । यो वर्ष एक अर्ब रुपियाँको भाइमसला खपत हुने बताउनुहुन्छ, नेपाल ख़ुदा व्यापार सङ्घका पूर्वअध्यक्ष पवित्र बज्राचार्य पछिल्लो समय काजु, नरिवल, छोकडा, किसमिस, पेस्ता, बदामलगायतका चिज खानलाई उपभोक्ताले तिहार नै कुर्दैनन्। यद्यपि शतप्रतिशत आयातमा निर्भर यो व्यवसाय आवश्यकीय कुरामै पर्छ ।

खाद्यान्नको बजार त सधैं उस्तै नै हो। सबैले खाइरहने हुन् । खाइरहेका पनि छन्। तिहारमा भाइमसलाको बढी मात्रामा बिक्री वितरण हुने र अरू बेलाभन्दा महँगो यसपालि भएन। स्वास्थ्यका लागि पनि मानिसले खान थालेका कारण यसको बजार अन्य बेलामा पनि हुने गरेको बज्राचार्यको अनुभव छ ।

साढे १३ करोडभन्दा बढीको फूलमाला

सयपत्री, मखमली र गोदावरी गरेर २४ लाख माला तिहारमा व्यावसायिक रूपमा खपत हुने गरेको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यो तिहारमा साढे १३ करोड रुपियाँभन्दा बढीको फूल कारोबार हुने अनुमान छ । यो थोक मूल्यको आधारमा गरिएको आँकलन भएको हुँदा उपभोक्तासम्म पुग्दा कारोबार बढ्ने उहाँको भनाइ छ ।

मखमली र गोदावरी फूल आयात गर्न पर्दैन । स्थानीय उत्पादनले पुग्छ । सयपत्री फूलको माला भारतबाट पनि आयात गर्नुपर्छ। यो वर्षको तिहारमा २० लाख सयपत्री फूल, तीन लाख मखमली र २० हजार गोदावरी माला खपत हुने अनुमान गरिएको छ । २० लाख सयपत्री मालामध्ये तीन लाख माला भारतबाट आउने अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समय फूल उत्पादनमा नेपाल आत्मनिर्भरताको नजिक पुगेको छ । तिहारकै लागि सयपत्री र भ्यालेन्टाइन डेको बेलामा गुलाफ केही प्रतिशत मात्रै आयात गर्नुपर्ने अवस्था सुनाउँदै अध्यक्ष तामाङ भन्नुहुन्छ, “तिहार र भ्यालेन्टाइन डेका लागि लक्षित गर्दै उत्पादन बढाइयो भने पनि अरू बेला बजार नपाउने समस्या हुन्छ ।

नेपालमा सातवटै प्रदेशका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा सयपत्री फूलको खेती भइरहेको छ। त्यसमध्ये काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलाली आदि जिल्ला छन् । यही जिल्लाका फूल तिहारमा खपत हुने एसोसिएसनले जनाएको छ। त्यस्तै काठमाडौँको इचङ्गुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी, बढिखेल, कैलाली, पाल्पा, धादिङ र इलाम आदि क्षेत्रमा मखमली फूलको व्यावसायिक खेती भइरहेको हुनाले तिहारमा यही फूलले बजारको माग धान्छ ।

आयात भएन मदिरा

यसपालिको तिहारमा महँगा विदेशी ब्रान्डका मदिराको कारोबार नहुने भएको छ। विदेशी मुद्रा सञ्चितिलाई ध्यानमा राखेर सरकारले केही विलासिताका वस्तुमाथि लगाउँदै आएको आयात प्रतिबन्धलाई आगामी मङ्सिर मसान्तसम्म कायम राखेपछि तिहारमा महँगो मदिराको आयात भएन। सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिइरहेको छ । शनिबारको गोरखापत्रबाट साभार

वि.सं.२०७९ कात्तिक ५ शनिवार ०९:२४ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...