काठमाडौं । आज सर्वाधिक कारोबार भएको एभरेष्ट बैंकको सेयर मूल्य बढेको छ । आईतबार बैंकको सेयर मूल्य २.४१ प्रतिशत अर्थात प्रतिकित्ता ११ रुपैंया ९० पैसाले बढेर ५०४ रुपैंया ९० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको १ लाख ४ हजार ३१९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ कात्तिक ६ आइतवार १५:३२ मा प्रकाशित