काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अरुण काबेली पावरको मूल्य समायोजन गरेको छ ।
कम्पनीको १० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३६२ रूपैयाँ ७३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ३९९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आईतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०७९ कात्तिक १७ बिहीवार १५:४८ मा प्रकाशित