काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार सुनको भाउ प्रतितोला १ सय रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय रुपैयाँ छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँ छ । यसैगरी, आज चाँदी तोलाको १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १०:४० मा प्रकाशित