back
NMB ad

अवैध लागूऔषधसहित चार जना पक्राउ

Kumari bank ad

काठमाडौं । देशका विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको बिर्तामोड नगरपालिका–४ बाट १ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित बाह्रदर्शी गाउँपालिका–१ बस्ने २५ वर्षीय दिपेन्द्र राजवंशी लगायत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टा झापाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

सुर्खेतको भेरीगंगा नगरपालिका–१० तोली खोलाबाट करिब ३ ग्राम ४४ मिलिग्राम हेरोइनसहित सोही नगरपालिका–१३ बस्ने २० वर्षीय किरण चन्दलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय छिन्छुबाट खटिएको प्रहरीले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको बा।४ ख ५३२८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त हेरोइनसहित फेला पारी गाडीमा सवार उनलाई पक्राउ गरेको हो ।

बाँकेको खजुरा गाउँपालिका–७ बठवा चोकबाट करिब ५० ग्राम गाँजासहित सोही गाउँपालिका–४ डि गाउँ बस्ने १९ वर्षीय सुशान्त गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा उक्त गाँजा खजुरा गाउँपालिका–७ बठवा बस्ने २५ वर्षीय रहिस दर्जीको घरबाट किनी ल्याएको बताएपछि दर्जीको घरबाट थप ६ केजी लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । हाल फरार दर्जीको प्रहरीले खोजी गरिरहेको छ ।

वि.सं.२०७९ कात्तिक २० आइतवार १२:४७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...