back
NMB ad

हातमा बेरिएको कोब्रालाई टोकेर मारिदिए बालकले

Kumari bank ad

एजेन्सी । भारतका एक आठ वर्षीय बालकले आफ्नो हातलाई बेरेर टोक्ने कोब्रालाई कोब्रालाई मारेका छन् । छत्तीसगढ क्षेत्रको दुर्गम पाण्डरपाड गाउँमा दिपक नामले चिनिने बालकलाई सोमबार सर्पले आक्रमण गरेको थियो । आफ्नो परिवारको घर बाहिर खेलिरहेको बेला कोब्राले टोकेको थियो । पीडासँग लड्दै दीपकले क्रोधित भएर आफ्नो हात हल्लाए तर कोब्राले छोडेन ।

अन्ततः आत्तिएका बालकले सर्पको शरिरमा दाँतले टोकिदिए । ‘सर्पले मेरो हातमा बेरेर मलाई टोक्यो । मलाई ठूलो पीडा थियो,’ दीपकले न्यु इन्डियन एक्सप्रेसलाई भने, ‘हल्लाउन खोज्दा सर्प नहल्लिएपछि मैले यसलाई दुई पटक गहिरो ढंगले टोकेँ ।

सर्पदंश भारतमा धेरै सामान्य छ । गत साता प्रकाशित एक अध्ययनले सन् २०१९ मा उक्त राज्यमा ८५ प्रतिशतभन्दा बढी सर्पदंशका घटना बढेको देखाएको छ । टोकाइपछि दीपकको ज्यान जाने डरले उनका अभिभावकले उनलाई नजिकैको मेडिकल सेन्टरमा पु¥याएका थिए जहाँ उनलाई निगरानीमा राखिएको थियो । कोब्राले टोके पनि विष लगाइदिन भ्याइनसकेको परीक्षणका क्रममा चिकित्सकले फेला पारेका थिए ।

’दीपकमा कुनै लक्षण देखा परेन र विषालु सर्पले प्रहार गर्दा सुक्खा टोकाइका कारण चाँडै निको भयो,’ सर्प विज्ञको भनाई उदृत गर्दै न्यु इन्डियन एक्सप्रेसलाई लेखेको छ ।

वि.सं.२०७९ कात्तिक २१ सोमवार १२:०९ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२३

काठमाडौँ, ६ जेठ : आज बिहान ११ बजे बस्नेगरी तय...

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

वि.सं.२०८१ जेठ ६ आइतवार १२:४३

मनाङ, ६ जेठ : मनाङमा आठ महिनामा नौ सय ५०...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...