काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रिमा ल्याएको छ । बैंकले २ जना संस्थापक सेयरधनीको नाममा रहेको ६ लाख ५९ हजार १७० कित्ता सेयर बिक्री खुला गरेको हो ।
यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज सोमबार कात्तिक २१ गतेबाट ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा आवेदन फारम बुझाउन सक्नेछन् ।
वि.सं.२०७९ कात्तिक २१ सोमवार १२:२१ मा प्रकाशित