काठमाडौं । नबिल बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै हेटौंडा शाखा कार्यालय स्थानान्तरण भएको जानकारी दिएको हो ।
हेटौंडास्थित हेटौंडा शाखा, हालको स्थानबाट करिब १०० मिटर पूर्व स्थानान्तरण भई नयाँ परिसरबाट कात्तिक २३ गते सूचारु हुने बैंकले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं. ४ अजर अमर रोडबाट सोही वडाकै अजर अमर रोड, सिग्मा कम्प्लेक्समा स्थानान्तरण हुने भएको हो ।
वि.सं.२०७९ कात्तिक २१ सोमवार १४:१४ मा प्रकाशित