काठमाडौं । ब्रोकर, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोकिएपछि लगानीकर्ता संगठनहरुले सडकमा उत्रने चेतावनी दिएका छन्।
लगानीकर्ताका ९ वटा सँगठनले सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलनको चेतावनी दिएका हुन्। पछिल्लो समय नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको आवेदन रोकिएपछि लगानीकर्ताहरु असन्तुष्ट बनेका छन् ।
लगानीकर्ताको माग बमोजिम नेप्से, धितोपत्र बोर्ड र सरकारद्वारा चालिएका कमदहरुमा केही स्वार्थी समूहबाट बाधा सिर्जना गर्ने र रोक्ने काम भएका ५४ लाख लगानीकर्ताको तर्फबाट सबै संगठनहरु सडकमा उत्रिने विज्ञप्तिमा उल्लेख छ ।
वि.सं.२०७९ कात्तिक २१ सोमवार १७:०२ मा प्रकाशित