back
NMB ad

निर्जीवन बिमा कम्पनीहरुद्वारा १० अर्ब बिमा शुल्क संकलन, कुनको कति ?

Kumari bank ad

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांक अनुसार सञ्चालनमा रहेका १९ वटा निर्जीवन बिमा कम्पनीहरुले उक्त बिमा शुल्क आर्जन गरेका हुन् । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११.८५ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको असोजसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

यो अवधिमा बिमाशुल्क आर्जनमा राष्ट्रिय बिमा कम्पनीले अधिपत्य जमाएको छ । कम्पनीले पहिलो त्रैमासमा सबैभन्दा धेरै कुल १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

दोस्रोमा शिखर इन्स्योरेन्सले १ अर्ब २ करोड रुपैयाँ र तेस्रोमा सगरमाथा इन्स्योरेन्सको ८५ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

बीमा समितिको तथ्यांक अनुसार नेको इन्स्योरेन्स कम्पनीले ८२ करोड रुपैया, सिद्धार्थ इन्स्योरेन्सले ७६ करोड रुपैयाँ, हिमालयन एभरेष्टले ७३ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ६१ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ५६ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ५० करोड रुपैयाँ , अजोड इन्स्योरेन्सले ४६ करोड रुपैयाँ र आइएमई जनरलले ४४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यसैगरी, प्रभु इन्स्योरेन्सले ४१ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ४३ करोड रुपैयाँ,  दि ओरियरन्टल ३९ करोड रुपैयाँ, युनाईटेड इन्स्योरेन्सले ३२ करोड रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ३५ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ३२ करोड रुपैयाँ ,सानिमा जनरलले २८ करोड रुपैयाँ र जनरल इन्स्योरेन्सले २५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

वि.सं.२०७९ कात्तिक २२ मंगलवार १६:३८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...