काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ६० लाख २२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी आम्दानी लगायतका आम्दानी घटेसँगै लघुवित्तले नोक्सानी व्यहोर्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६३.४१ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी २३.६३ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ४९.५० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेको छ।
नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २४ रुपैयाँ ७१ पैसा ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ४३ पैसा रहेको छ।
वि.सं.२०७९ कात्तिक २३ बुधवार ०८:२४ मा प्रकाशित