back
NMB ad

आफ्नो प्रचार छाडेर प्रभु साह इच्छाबहादुर वाग्लेको चुनावी कार्यक्रममा 

Kumari bank ad

बारा । रौतहट–३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह आफ्नो चुनावी प्रचार प्रसारलाई छाडेर बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको चुनावी कार्यक्रममा सहभागी भएका छन् ।

माओवादी त्यागेर एमालेमा प्रवेश गरेका साहले २३ असोजमा मनोनयन दर्ता गर्ने क्रममा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेको कारबाहीमा परेपछि पार्टी परित्याग गरेका साह मंगलबार फेटामा सम्पन्न वाग्ले चुनावी सभामा सहभागी भएका हुन् ।

साह वाग्लेको चुनावी प्रचारलाई सहयोग गर्न बारा आएका हुन् । उनले वाग्लेलाई जिताउन आग्रह पनि गरे । आफ्नो चुनावी प्रचार छाडेर साह बारामा आउनुलाई अर्थपूर्ण रुपमा स्थानीयले हेरेका छन् । बाराको विकासमा आफू सहभागी हुने भन्दै मतदातालाई विश्वास दिलाउन खोजेका साहले आफू रौतहटको भए पनि वाग्लेको जितपछि बारा(४ को विकासका लागि सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

सभामा स्वतन्त्र उम्मेदवार वाग्लेले आफ्नो स्वतन्त्र उम्मेदवारी लोकतन्त्र रक्षाका लागि भएको बताए । गठबन्धनको नाममा बढ्दो राजनीतिक विकृतिलाई अन्त्य गर्नका लागि मुलुकमा स्वतन्त्र अभियान सुरु भएको वाग्लेले बताए ।

जनताको मन जितेर एक्लै चुनाव लड्न नसक्ने स्थिति भएपछि विचार नै नमिलेका दलहरु चुनावको समयमा गठबन्धन गर्नु भनेको सत्तामा पुग्ने फोहोर खेलबाहेक अरु केही नभएको वाग्लेको भनाइ थियो । वाग्लेले त्यस्ता अराजनीतिक गतिविधिलाई अन्त्य र नीतिगत परिवर्तनका लागि सुरु भएको स्वतन्त्र अभियानलाई साथ र सहयोग दिएर हौसला बढाउन वाग्लेले आग्रह गरे ।

आर्थिक विकास, समुन्नती र भष्ट्राचारको अन्त्य गरेर देशको विकास गर्नका लागि आफू अघि बढेको भन्दै वाग्लेले निजी क्षेत्रको लगानी बढाएर देशमा समृद्धि ल्याउन सकिने बताए । वाग्लेले निजि क्षेत्रको लगानी विना मुलुकमा समृद्धिको कल्पना पनि गर्न नसकिने भएकाले आफ्नो जितपछि निजि क्षेत्रको लगानी बढाएर बारा–४ सँगै देशको विकासका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए ।

सभामा पूर्वमन्त्री बद्री न्यौपाने, बारा ४(ख) का स्वतन्त्र उम्मेदवार उमेश कुशवाहा, ३(क) का स्वतन्त्र उम्मेदवार नारायण क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७९ कात्तिक २३ बुधवार १३:३९ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...