काठमाडौं । आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ । बिहीबार सेयर बजार २३.५२ अंकले घटेको हो ।
आज नेप्से परिसुचक १८९३.७० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । उक्त दिन १ अर्ब ११ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।
उक्त दिन २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेको १३ वटै उपसूचकमा राताम्मै भएको छ ।
वि.सं.२०७९ कात्तिक २४ बिहीवार १५:०५ मा प्रकाशित