back
Ncell Banner Ad

 सानिमा बैंकको दराजसंग “दराज ११.११” का लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दराज ११.११” मा विशेष छुट दिने सहकार्य भएको छ ।

योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु २,५००/- सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु ३,०००/- सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी  सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ ।
यो योजना २०७९ कार्तिक २५ देखि मंसिर १ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२९ वटा कार्यालय तथा १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

वि.सं.२०७९ कात्तिक २४ बिहीवार १८:३९ मा प्रकाशित

You can share this post!

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु   

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १०:०५

ढोरपाटन (बागलुङ), २८ भदौः गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा...

ओरियण्टल होटल्सद्वारा लाभांश घोषणा, बोलायो साधारण सभा

ओरियण्टल होटल्सद्वारा लाभांश घोषणा, बोलायो साधारण सभा

वि.सं.२०८१ भदौ २८ शुक्रवार १०:०२

काठमाडौं । ओरियण्टल होटल्स् लिमिटेडले लाभांश घोषणा गरेको छ ।...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब   

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब   

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:४१

शुरबहादुर सिंह कर्णाली, २८ भदौः कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म...

उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा   

उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा   

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:३३

टक्सार (भोजपुर), २८ भदौः भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र...

मानसरोवर कैलाश जानेको सङ्ख्या बढ्यो   

मानसरोवर कैलाश जानेको सङ्ख्या बढ्यो   

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:२८

रसुवा, २८ भदौः गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश...

लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त

लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:२२

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा...