back
NMB Ad

हिमाली जिल्लामा कर्मचारी पठाउनदेखि मतदाता शिक्षा दिन मुस्किल

Royal Enfield Inside Page Banner

हेमन्त केसी, सुर्खेत । कर्णालीका हिमाली जिल्लामा मतदाता शिक्षा दिन मुस्किल हुँदै आएको छ । कात्तिक देखि नै हिमपात सुरु भएपछि हिमाली जिल्लाका मतदातालाई मतदाता शिक्षा दिन नसकिएको हो ।

हुम्लाको लिमी , उपल्लो डोल्पाको तीन वटा पालिकामा मतदाता शिक्षा दिन समस्य भएको हो । हिमपातका कारण एक गाउँबाट अर्को गाउँमा जान नसक्दा मतदाता शिक्षा दिन नसकिएको हो । हुम्लाको नाम्खा गाउँपालिका – ६ को हिमालपारिको गाउँ लिमीका तीन वटा मतदान केन्द्रमा मतदाता शिक्षा पुर्याउन नसकिएको हो । त्यस्तै उपल्लो डोल्पाको छार्काताङसुङ , डोल्पोबुद्ध र शे फोक्सुण्डो गाउँपालिकामा मतदाता शिक्षा पुर्याउन समस्य भएको हो ।

यहाँका मतदाता सम्मा कहिले पनि मतदाता शिक्षा देखि उम्मेदवार समेत नपुग्ने गरेको स्थानीयबासीको भनाई छ । हिमपातले उपल्लो डोल्पाका मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पठाउन सकिएको छैन । कात्तिकसँगै धो, तिन्जे, साल्दाङ, छार्कामा पर्ने मतदान केन्द्रसम्म पुग्ने बाटाघाटा हिउँले पुरिएपछि निर्वाचन अधिकृतको कार्यालय डोल्पाले विकल्प खोजेको छ । सदरमुकाम दुनैबाट तीनदेखि सात दिनसम्मको दूरीमा उपल्लो डोल्पाका तीन स्थानीय तहमा २२ वटा मतदान केन्द्रहरु रहेका छन् ।

मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पठाउन समस्या भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । हिउँद लागेसँगै उपल्लो डोल्पामा दैनिकजसो हिमपात भइरहेको छ भने न्यूनतम तापक्रम माइनसमा झरेको डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय पेमा छेवाङ गुरुङले बताए ।

एक सातासम्मको लामो यात्रा, जोखिमपूर्ण बाटो, हिउँले भरिएका अग्लाअग्ला हिमाल चढ्नुपर्ने भएकाले पनि उपल्लो डोल्पाका मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पठाउन समस्या भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । कर्मचारी र निर्वाचन सामग्री हेलिकोप्टमार्फत पठाउनुको विकल्प नरहेको सुवेदीले बताए । आयोगसँग उपल्लो डोल्पामा पर्ने १५ वटा स्थानमा हेलिकोप्टर प्रयोगका लागि अनुमति मागिएको उनले जानकारी दिए ।

उपल्लो डोल्पा खटाइएका कतिपय कर्मचारीले आफूहरूलाई अन्यत्र खटाउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन । भौगोलिक रूपमा विकटता, लामो समयदेखिको हिमपातले चिसो बढेको र चार हजार मिटरभन्दा अग्ला लेक पार गरेर मात्र मतदान केन्द्रमा पुग्नुपर्ने भएकाले अन्यत्र खटाइदिन निवेदन दिइएको हो ।
डोल्पाको औसत तापक्रम अधिकतम २० डिग्री सेल्सियसदेखि न्यूनतम माइनस १० डिग्रीसम्म हुने गर्छ । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उपल्लो डोल्पामा लेक लागेर सुनील विकको ज्यान गएको थियो ।

त्यस्तै हुम्लाको लिमीमा कर्मचारी जान र आउन समेत हेलिकोप्टरको माग गरिएको छ । लिमी जाने दुई वटै नाकामा बाक्लो हिमपात भएपछि मतदानका लागि खटिएका कर्मचारी पैदल जान नसक्ने अवस्था देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग हेलिकोप्टरको व्यवस्था गर्न माग गरिएको मुख्य निर्वाचन अधिकृत डिलप्रसाद सापकोटाले बताए ।

लिमीका तील, हल्जी र जाङ मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूलाई हेलिकोप्टरबाट पु¥याउने व्यवस्था गर्न निर्वाचन आयोगलाई माग गरिएको उनले बताए । असोजमा परेको बाक्लो हिमपात अहिले पनि नपग्लिएको कारण कर्मचारी पैदल मार्गबाट लिमी जान नसक्ने अवस्था सृजना नभएपछि निर्वाचन आयोगसँग हेलिकोप्टरको व्यवस्था गर्न माग गरिएको हो । लिमी जाने दुई वटा नाका चार हजार छ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालुु लेकमा चारदेखि पाँच फिट हिउँ जमेको छ । यस्तै मुगुको हिमाली क्षेत्रमा समेत जान र आउन समस्य भएको बताएको छ ।

 

वि.सं.२०७९ कात्तिक २४ बिहीवार १८:४८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ 

अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ 

वि.सं.२०८१ माघ ९ बुधवार ०६:५८

म्याग्दी : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले...

छुट्ला है, एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ माघ ९ बुधवार ०६:४३

काठमाडौं । आज माघ ९ गते, बुधबार, नेपाल लाइफ इन्स्योरेन्सको...

यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?    

यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?    

वि.सं.२०८१ माघ ९ बुधवार ०६:२९

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज ९ माघ २०८१ बुधवार, थाहा पाउनुहोस् तपाईको राशिफल

आज ९ माघ २०८१ बुधवार, थाहा पाउनुहोस् तपाईको राशिफल

वि.सं.२०८१ माघ ९ बुधवार ०६:२२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सन् २०२५ देखि २०३५ सम्म पर्यटन दशक मनाउने तयारी 

सन् २०२५ देखि २०३५ सम्म पर्यटन दशक मनाउने तयारी 

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१७

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा...

भारतको नयाँ दिल्लीमा ११औं अटो ट्रेड डायलग सम्पन्न

भारतको नयाँ दिल्लीमा ११औं अटो ट्रेड डायलग सम्पन्न

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१२

काठमाडौं । यही २०२५ को जनवरी २० मा भारतको राजधानी...