काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको कार्तिक २४ गते बसेको संचालक समितिको बैठकले १३ प्रतिशत बोनस सेयर र कर तिर्न १.५० प्रतशित नगद लाभांश दिने निर्णय गरेको हो ।
यसर्थ, बैंकले ५९ करोड ६८ लाख १३ हजार ५५५ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ६ करोड ८८ लाख ६३ हजार १०२ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात विकास बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरे बमोजिम वितरण गरिने छ ।
हाल, गरिमा विकास बैंक लिमिटेडले करिव ७१ अर्ब निक्षेप संकलन गरी ६३ अर्ब कर्जा प्रवाह गरेको छ भने नेपालभर सातवटै प्रदेशमा रहेका १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, ५१ एटिएम एवं डिजिटल बैंकिङ्ग मार्फत सरल, सुरक्षित तथा गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ ।
वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १०:३९ मा प्रकाशित