काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १३ सय रुपैंयाले बढेको हो ।
आज छापावाल सुन प्रतितोला ९६ हजार ७०० रुपैंयामा कारोबार भएको छ । आजको लागि तेजाबी सुनको भाउ प्रतितोला ९६ हजार २०० तोकेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँ रहेको चाँदीको रुपैयाँमा कारोबार भएको छ ।
वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १०:५६ मा प्रकाशित