back
NMB ad

५४ प्रतिशतले बढ्यो आरएमडीसी लघुवित्तको नाफा, प्रतिशेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले १० करोड ८८ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तको उक्त नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५४.१६ प्रतिशले बढी हो ।

गत आर्थिक वर्षमा लघुवित्तले ७ करोड ६ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा वृद्धि हुँदा लघुवित्तको नाफामा बढोत्तरी भएको हो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.६६ प्रतिशत र सञ्चालन नाफा ५४.१६ प्रतिशतले बढेको छ । समीक्षा अवधिसम्ममा लघुवित्तको जगेडा कोषमा दुई अर्ब १७ करोड रुपैयाँ सञ्चित रहेको छ ।

लघुवित्तको चुक्ता पुँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको छ भने वितरण योग्य मुनाफा ५ करोड ३२ लाख रुपैयाँ छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण अनुसार लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ९ पैसा छ भने प्रतिशेयर नेटवर्थ २७५ रुपैयाँ ३० पैसा कायम भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २३.७७ गुणा बढी छ । ।

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार ११:२६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...