back
NMB ad

बैतडीका मुक्त हलिया कहिले हाेलान् मुक्त ? उम्मेदवारकै घरमा ७३ वर्षदेखि हलिया

Kumari bank ad

सीपी लोहिया, बैतडी । २१ भदौ ०६५ मा नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो । शुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेका ६० हजार हलिया मुक्त भएको भनिए पनि उनीहरूकाे माग अझै सम्बोधन हुन सकेकाे छैन । त्यसबेला करिब १४ हजार हलियालाई पुनर्स्थापना गरिए पनि ४५ हजारभन्दा बढी अझै अलपत्र छन् ।

उतिबेला सरकारले मुक्त हलिया पुर्नस्थापनाका लागि सहमति गरेको थियो । घरजग्गा नभएकालाई घरजग्गा उपलब्ध गराउने, जग्गा मात्रै भएकाको घर बनाइदिने तथा घर जिर्ण भएकाको मर्मत गरिदिने सम्झौता भएका थिए ।

हालसम्म मुक्त हलियामध्ये १४ हजार दुई सयको पुर्नस्थापना भए पनि अन्यको विषयमा सरकार मौन देखिन्छ । निर्वाचनकाे बेला उनीहरूकाे मागमाथि नेताहरूले चर्चा गर्ने गरे पनि निर्वाचनपछि सेलाउने गरेकाे छ । यद्यपि, उनीहरूले आफ्ना समस्या उम्मेदवारहरूलाई सुनाउन भने छाडेका छैनन् ।

पटक पटक सरकार परिवर्तन हुँदा समेत मुक्त हलिया झन् समस्यामा परेका हुन् । अहिले बैतडीमा रहेको करिब ६ हजार मुक्त हलियाहरू पुर्नस्थापनाको दायरामा आउन सकेका छैनन् ।

साहुुबाट लिएको ऋणको ब्याज बापत हलिया बस्ने चलन थियो । हलिया बस्दा साहुको घरमा हलो जोत्नेदेखि खेतिपाति भित्र्याउने सबै काम गर्नु पर्थ्याे । ०६४ सालमा हलिया मुक्तिको घोषणासँगै अधिकांशले साहुको घरमा काम गर्न छाडेका थिए तर अहिलेसम्म पुर्नस्थापना नभएपछि उनिहरु पुनः हलिया बसेका छन् ।

मुुक्त हलियाहरू अहिले उम्मेदवारहरूसँग आफुहरूको गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरिदिन आग्रह गरिरहेका छन् । उम्मेदवारहरू समेत उक्त कुराहरुको पुर्ति गर्ने आश्वासन दिइरहेका छन् ।

उम्मेदवारकै घरमा ७३ वर्षदेखि हलिया 

प्रदेशसभातर्फका एक उम्मेदवारको घरमा एक दलित परिवार ७३ बर्षदेखि हलियाको रुपमा काम गर्दै आएको छ । बैतडी क्षेत्र (ख)मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता शिवराज भट्टले किशन लाबडको परिवारलाई हलियाको रुपमा लगाउँलै आएका छन् ।

दशरथचन्द नगरपालिका-२ देहीमाडाैं घर भएका उम्मेवदार भट्टले लाबडको परिवारलाई हलियाको रुपमा राखेका हुन् । हलिया बसेका लाबडले भने, ‘हामी तीन पुस्तादेखि उहाँको घरमा काम गर्दै आएका छौँ, मेरो बुवा २८ बर्ष हलिया बस्नु भयो । म पनि ४५ बर्षदेखि हलिया छु, तराईमा जग्गा दिउँला भन्ने आश्वासन दिएको ५० बर्ष भैसक्यो । आश्वासन पुरा होलाकी भन्ने आश हो । हाम्रो अन्य रोजगारी केहि छैन् । साहुकै खेतमा हलो जोत्ने, खेतबारी खन्ने, अन्न भित्र्याउने काम गर्दै आएका छौँ ।’ उम्मेदवार भट्ट जिल्लाका नाम चलेका व्यापारीका छोरा हुन् भने कांग्रेस बैतडीका पूर्व सभापति समेत हुन् ।

बैतडीका अन्य उम्मेदवारका घरमा समेत हलिया रहेकाे दलित अधिकारकर्मी राजुराम भुलको भनाइ छ । उनले प्रदेशसभा र प्रतिनिधिसभाका अधिकांश उम्मेदवारले अझै हलिया राखेका कारणा मुक्त हलियाको पक्षमा काम हाेला भनेर आश गर्न नसकिने बताए ।

दनपा-२ कै मुक्त हलिया मोहन लाबडले आफू १२ वर्षको उमेरदेखि साहुकाे घरमा हलो जोत्न थालेको सुनाए । पाँच जना साहुको घरमा हलिया बसेका उनले सबैको पैसा तिरेर हलियामुक्त भएको बताए । तर, हलिया मुक्ति घोषणाका बेला भने सरकारले ऋण रकम सबै चुक्ता हुने र पैसा तिर्नु नपर्ने समेत निर्णय सार्वजनिक गरेको थियो ।

हलियाहरू एक हजारदेखि पाँच हजार रुपैयाँ ऋणको ब्याज बापत समेत हलिया बस्दै आएका छन् ।

वि.सं.२०७९ कात्तिक २७ आइतवार १६:०४ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...