back
NMB ad

खुला दिसामुक्त क्षेत्र भएको दशक बित्यो, तर शाैचालय बनेन

Kumari bank ad

लमजुङ  । ठूलो तामझामका साथ लमजुङमै दोस्रोपटक खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो तत्कालीन गाउँसहर गाविसलाई । हाल बेसीसहर नगरपालिका- २ मा रहेको  पाखाथोक सुनारगाउँको २२ घरधुरी छन् । तर त्यहीबेला सात घरमा शाैचालय नै नबनाइकन खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको स्थानीयले बताएका छन् ।

लमजुङ सदरमुकामको नाकैमा जोडिएको सुनारगाउँमा विना शाैचालय खुला दिसामुक्त क्षेत्र घोषणा गरियो भने अन्यत्र दुर्गम गाउँका सबै घरमा शाैचालय छन् भन्ने कुरामा विश्वस्त हुन नसकिने बनाएको छ । ०६७/ ६८ सालतिर खुला दिसामुक्त क्षेत्र घोषणा गर्दा नरुवाल पाखाथोक क्षेत्रका पहुँच पुग्नेको घरमा शाैचालय बनेको तर दलित बस्तीका सबै घरमा शाैचालय नबन्दै खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको स्थानीय जीवन सुनारले बताए ।

हाम्रो गाउँका सोमबहादुर सुनार, रामचन्द्र सुनार, शंकर सुनार, कृष्ण सुनार, दिपक सुनार लगायत सात घरमा शाैचालय छैन । खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने बेलामा ट्वाइलेट नै नबनाइकन घोषणा गरिएको सुनारगाउँका विश्व सुनारले बताए । अहिले खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमले गर्दा बनाउन भ्याइएन केही समयभित्र बनाइन्छ भनी आवश्वासन दिइएको थियो तर अहिलेसम्म हाम्रो घरमा शाैचालय बनाउन कोही नआएकाे भन्दै दीपक सुनारले दुखेसो पोखे ।

बेसीसहर नगरपालिका-२ का तत्कालीन अध्यक्ष गणेश कँडेलको पहलमा हालसालै यही रहेको श्रीजङ गण नेपाली सेनाले सोमबहादुर सुनारको घर बनाइदियो र शाैचालयको खाल्टो खनिदिएको छ । तर शाैचालयको बाँकी काम सबै अधुरो रहेको छ ।

‘एक दशक अगाडि नै खुला दिसामुक्त क्षेत्र घोषणा हुँदा सबैको घरमा शाैचालय बनिसक्नुपर्ने थियो । कामको चापाचापले त्यो बेला नभ्याएको हो भने त्यो वर्षभित्र बनाइसक्नुपर्ने थियो । तर अरु सबैले पाएको सुविधासमेत हामी दलितले पाएनौँ । हामीसँगै जोडिएको मगर पात्ले होमस्टे गाउँ बनेर झिलिमिली भएको छ तर हामीलाई दलित भनेर होला सबैका घरमा ट्वाइलेट समेत छैनन्,’ दीपक सुनारले भने ।

यति मात्रै होइन हाम्रो गाउँ छिर्ने मोटरबाटो खनेको मुखैमा ल्याएर व्याडमिन्टल कोट बनाइयो । अब व्याडमिन्टल जाली टाँगेपछि गाउँमा मोटरबाटो पूर्ण रूपमा बन्द हुन्छ । यो जानीबुझीकन हाम्रो गाउँलाई मोटरबाटोविहीन बनाउने काम गरिएको जीवनले बताए ।

वि.सं.२०७९ कात्तिक २९ मंगलवार ११:५० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...