काठमाडौं । साताको तेस्रो कारोबार दिन सबैभन्दा बढी हिमालयन डिस्टीलरीको कारोबार भएको छ । आज कम्पनीको ८ करोड २२ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
नेपाल दुरसंचार कम्पनीको ४ करोड ६७ लाख २२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यस्तै, उक्त दिन शिभम् सिमेन्टकोको ४ करोड ४८ लाख ४३ हजार र नेपाल रिइन्स्योरेन्स कम्पनीको ३ करोड १७ लाख ८४ हजार रुपैंया बराबरको कारोबार भएको छ ।
वि.सं.२०७९ कात्तिक २९ मंगलवार १५:१२ मा प्रकाशित