back
NMB ad

नेशनल लाइफ इन्स्योरेन्सको नाफा ३५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण प्रकाशित गरेको छ । यस अवधिसम्म आइपुग्दा इन्स्योरेन्सले ४ अर्ब १८ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २१.२५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत १ करोड २५ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ८८ करोड २५ लाख रुपैयाँ र बीमालेख धितोमा ८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरी १७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा पनि ३५.०१ प्रतिशतले बढेर ११ करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७७ करोड २५ लाख रुपैयाँ रहेको छ ।

यस्तै जीवन बीमा कोषमा ५३ अर्ब ७७ करोड ६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३६ करोड १० लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६१ पैसा, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ०९ पैसा रहेको छ ।

वि.सं.२०७९ कात्तिक ३० बुधवार १४:३६ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...