back
NMB ad

मधेस केन्द्रित दलका शीर्ष नेताहरु सबै पछाडि, सीके राउतकाे उदय

Kumari bank ad

जनकपुर । तराई मधेस केन्द्रित दलका शरदसिंह भण्डारीबाहेक सबै नेता दोस्रो स्थानमा सीमित रहेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले दोब्बरभन्दा मत अन्तरले पछि पारेका छन् ।

जनमतका राउतले १२७८१ मत ल्याउँदा जसपा अध्यक्ष उपेन्द्र यादव भने ६३४७ मतमा सीमित हुँदै आएका छन् । जारी मतगणनाअनुसार राउत विजयको नजिक पुगेका छन् । यादव यसअघि सप्तरी–२ र सुनसरीवाट निरन्तर विजयी हुँदै आएका थिए । राउतको अग्रतासँगै यादवको चौथोपटक विजयी हुने यात्रा रोकिने भएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई स्वतन्त्र उम्मेदवारले पछि पारिरहेका छन् । महोत्तरी क्षेत्र नम्बर ३ वाट उठेका ठाकुरलाई स्वतन्त्र उम्मेदवार रामआधार कापरले पछाडि पारिरहेका छन्। प्रारम्भिक मतगणनामा ठाकुरले ११९६ पाउँदा कापर २२०४ मतसहित अगाडि छन् । ठाकुर यसअघि सोही निर्वाचन क्षेत्रवाट विजयी भएका थिए ।

उता, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवसँग पछाडि परेका छन् । महताे नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका आधिकारिक उम्मेदवार नेपाल समाजवादी पार्टीका उम्मेदवार महेन्द्रराय यादवसँग पछि परिरहेका छन् ।

सर्लाही–२ मा सत्तारुढ गठबन्धनले मित्रवत प्रतिस्पर्धा गर्ने भने पनि हालसम्म हालसम्मको  गणना भएको मतपरिणामअनुसार रायले १८२५ मत ल्याएका छन् भने लोसपाका महतोले १३३१ मत प्राप्त गरेका छन्।

वि.सं.२०७९ मंसिर ६ मंगलवार १२:५४ मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...