back
NMB Ad
Ncell Banner Ad

एमालेका तीन बागीको अग्रता कायमै

Royal Enfield Inside Page Banner

काठमाडौं । नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका तीन जना बागी उम्मेदवारले अग्रता कायम गरेका छन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा उनीहरूले लगातार अग्रता लिइरहेका छन् ।

नेकपा एमालेबाट टिकट नपाएपछि सर्लाही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका मानबहादुर खड्काले लगातार अग्रता कायम गरिरहेका छन् ।  लोकतान्त्रिक समाजवादीका उम्मेदवार रामप्रकाश चौधरीले खड्कालाई पछ्याइरहेका छन् । यस्तै यस क्षेत्रमा एमालेसँग गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका प्रमोद साह तेस्रो स्थानमा छन् ।

महोत्तरी ३ एमालेका बागी राम आधार कापरले समेत अग्रता लिइरहेका छन् । एमालेको समर्थन रहेका लोसपाका महन्थ ठाकुरलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार कापरले अग्रता कायम गरिरहेका छन् ।  यस क्षेत्रमा जसपाका हरिनारायण यादव तेस्रो स्थानमा छन् ।

यस्तै मोरङ क्षेत्र नम्बर ५ मा समेत एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका योगेन्द्र मण्डलले मतान्तर बढाएका छन् । मण्डलले लगातार अग्रता कायम राखेका छन् ।  उनलाई नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल केवटले पछ्याइरहेका छन् । भने तेस्रोमा जसपाका राजकुमार यादव रहेका छन् । यस क्षेत्रमा पनि एमालेले जसपालाई सघाउने गरी उम्मेदवारी दिएका थिए ।

वि.सं.२०७९ मंसिर ६ मंगलवार १८:०४ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न   

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न   

वि.सं.२०८१ कात्तिक १९ सोमवार १६:३३

काठमाडौँ : त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा...

एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु   

एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु   

वि.सं.२०८१ कात्तिक १९ सोमवार १६:२०

काठमाडौँ : थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ कात्तिक १९ सोमवार ०६:३६

काठमाडौँ, १९ कात्तिकः नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको...

आज १९ कार्तिक २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १९ कार्तिक २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ कात्तिक १९ सोमवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

तिहारको बिदामा पनि रोकिएन तनहुँ जलविद्युत् आयोजनाको निर्माण   

तिहारको बिदामा पनि रोकिएन तनहुँ जलविद्युत् आयोजनाको निर्माण   

वि.सं.२०८१ कात्तिक १८ आइतवार २०:२६

तनहुँ, १८ कात्तिकः हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा...

मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने   

मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने   

वि.सं.२०८१ कात्तिक १८ आइतवार २०:१३

काठमाडौँ, १८ कात्तिक : बागमती प्रदेश र कोशी प्रदेशको केही...