काठमाडौं । साताको अन्तिम कारोबार दिन सबैभन्दा बढी शाइन रेसुङ्गा बैंकको कारोबार भएको छ । आज बैंकको ७ करोड ६२ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको ६ करोड ८० लाख ४० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन एनआइसी एशिया बैंकको २ करोड ९३ लाख ६ हजार रुपैयाँ, नेष्डो सम्वृद्ध लघुवित्तको २ करोड ८१ लाख ३२ हजार रुपैयाँ र नबील बैंकको २ करोड ७० लाख ६ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०७९ मंसिर ८ बिहीवार १५:१२ मा प्रकाशित