back
NMB ad

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

Kumari bank ad

काठमाडौं । नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले बुधबार विज्ञप्ति जारी गर्दै पत्रकार नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

पूर्वसभापति नेपालकाअनुसार डेढ महिनाअघिदेखि क्रमिक रूपले उनले चलाउने फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, इमेल र फोनसमेत बन्द गरिएको र यसबारे प्रहरीको साइबर व्यूरोलगायतमा लिखित जानकारी गराउँदा पनि समाधानमा तदारुकता नदेखाउनु अत्यन्त दुःखद् पक्ष रहेको जनाइएको छ ।

‘विगत पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान दिँदै आउनु भएका पत्रकार नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट बञ्चित गराउने अभिप्रायले भएको यो हर्कत अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो । महासंघ घटनाको छानबिन गरी अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्‍याउने कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गर्दछ,’ पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७९ मंसिर १४ बुधवार १३:२३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...