back
NMB ad

चर्चामा आउन उठे २२ उम्मेदवार, तर कटेन १०० भोट

Kumari bank ad

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा १०० भोट नकटाउने उम्मेदवार झन्डै दुई दर्जन रहेको पाइएको छ । प्रदेशभरिबाट १९० उम्मेदवारमध्ये २२ जनाले १०० भोट पनि नकटाउँदा जमानतसमेत जफत भएको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपाका) धेरैजसो उम्मेदवारले १०० भोट नकटाएका हुन् । प्रतिनिधिसभातर्फ ७४ मध्ये १० जना उम्मेदवारले १०० सय कटाएनन् ।

सुर्खेत १ मा नेमकिपाका प्रेमकुमार थापाले ५९ मत, राप्रपा नेपालका जीवन चन्दले ३२ मत, मंगाेल नेसनल अर्गनाइजेसन पार्टीका शेरबहादुर घर्तीमगर (कुखुराको भाले) ले  २९ मत प्राप्त गरेका छन् । सुर्खेत २ मा प्रतिनिधिसभातर्फ नेश्नलिष्ट पिपुल्स पार्टी (लाटोकोसेरो) का कुमारी राईले ५० मत, दैलेख १ मा उम्मेदवारी दिएका कांग्रेस बीपीका भुपालबहादुर थापाले ६६ मत प्राप्त गरे ।

कालिकोटबाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार स्वतन्त्र उम्मेदवार (सूर्यमुखी) धनप्रसाद पाण्डेले ८२ मत, मुगुमा स्वतन्त्र उम्मेदवार दिएका (जोडी चप्पल) उम्मेदवार कृष्णबहादुर सेजुवालले ६७ र स्वतन्त्र (पुतली) उम्मेदवार भीमचन्द्र हमालले ३८ मत पाएका छन् । डोल्पामा स्वतन्त्र उम्मेदवार वीरबहादुर रोकाय (खरायो)ले जम्मा १० तथा नेकपा मार्क्सवादी (पुष्पलाल) पार्टीका हर्कबहादुर ठकुल्लाले ५३ मत प्राप्त गरेका छन् ।

यस्तै ११६ प्रदेश सभा सदस्य पदका उम्मेदवारमध्ये १२ जनाले १०० मत पनि कटाउन सकेका छैनन् । सुर्खेत १ (क) बाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका गंगे कामीले ४९ मत, राप्रपा नेपालका लालबहादुर गुरुङले ४७ र नेमकिपाका पुष्पराज रानाले २३ मत पाए  । सुर्खेतकै १ (ख) मा नेमकिपाका मनकली रामजालीले ६३, स्वतन्त्र उम्मेदवार (जेब्रा) देवबहादुर चन्दले नाै मत पाए ।

निर्वाचन आयोगको तथ्यांकअनुसार यस्तै हुम्ला (ख) मा राप्रपाका नैनबहादुर रावतले ९८ तथा जनता समाजवादी पार्टी नेपालका बलीराज शाहीले ४१ र राप्रपा नेपालका सुमन रावतले पनि २१ मत पाए । १०० भोट नपाउनेको सूचीमा मुगु (ख) मा स्वतन्त्र उम्मेदवार जग बहादुर धामी पनि छन् । उनले १५ मत पाएका छन् । सुर्खेत २ (क) मा राप्रपा नेपालका मानबहादुर गाइन र नेपाल लोकतन्त्र पार्टीका पूर्णबहादुर सुनारको पनि १०० मत कटाउन सकेकन् । उनीहरूले २२ मत प्राप्त गरे भने २(ख)मा नेमकिपाका गगन कामीले ९४ वटा मात्रै भोट पाए ।

वि.सं.२०७९ मंसिर १४ बुधवार १५:५२ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...