काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आदर्श लघु्वित्त वित्तीय संस्था लिमिटेको शेयर कारोबार खुल्ला भएको छ । आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्तबीच असोज १५ गते मर्जरमा जाने सम्झौतागरेसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो ।
धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि लघुवित्तले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका थिए।
सोही अनुसार आगामी आज बुधबारदेखि लघुवित्तको आधारभुत शेयरधनी बाहेकको शेयरधनीको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ। अब संस्थाको शेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।
वि.सं.२०७९ मंसिर १४ बुधवार १५:४५ मा प्रकाशित