back
NMB ad

कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे

Kumari bank ad

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको थियो । तर, यसपटकको स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पहिलो दलका रूपमा स्थापित भएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले तीन सय २९ सिट जितेर पहिलो दल बनेको थियो ।

हालै सम्पन्न संसदीय निर्वाचनमा कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बन्ने निश्चित छ । यद्यपि अझै प्रतिनिधिसभाका चार निर्वाचन क्षेत्र र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सकिएको छैन । हालसम्म कांग्रेसले प्रदेशमा एक सय पाँच सिट जितेको छ । जुन अघिल्लो निर्वाचनभन्दा दोब्बरले बढी हो । प्रतिनिधिसभातर्फ कांग्रेसले अहिलेसम्म ५४ स्थानमा जितेको छ । एकमा अग्रता लिइरहेको छ । बाजुरा र स्याङ्जा २ मा मतगणना आजबाट सुुरु हुने भएको छ । जसमा कांग्रेसका दुई उम्मेदवार छन् । यदि दुवै क्षेत्रमा कांग्रेस उम्मेदवारले जिते भने कांग्रेसको ५६/५७ सिट पुग्छ ।

समानुपातिकतर्फ कांग्रेसले २६ लाख कटाउने देखिएको छ । समानुपातिकतर्फ कांग्रेसले कम्तीमा ३२ सांसद पाउने देखिएको छ । त्यसो भएमा कांग्रेसको ८७/८८ सांसद पुग्नेछ । कांग्रेसले ८८ सिट ल्यायो र एकीकृत समाजवादीले ३ प्रतिशत थ्रेसहोल्ड कटाएमा सत्तागठबन्धनकै सरकार बन्ने निश्चित छ । त्यही भएर कांग्रेसमा यसपटक नयाँ पुस्ताले सरकारको नेतृत्व लिनुपर्ने आवाज प्रबल रूपमा उठेको छ ।

यदि नयाँ पुस्ताले सरकारको नेतृत्वमा दाबी नछाडेमा कांग्रेसमा संसदीय दलको नेता चयनका लागि निर्वाचन हुनेतिर परिस्थिति अघि बढेको छ । कांग्रेसले ८८ सिट पाएमा संसदीय दलको नेता बन्न ४५ सांसद चाहिन्छ । प्रत्यक्षतर्फ निर्वाचित र समानुपातिक प्रणालीतर्फबाट क्लस्टरको सूचीमा नाम हेर्दा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा ५१ र संस्थापनइतर समूहतिर ३२ सांसद देखिन्छ ।

कांग्रेस महामन्त्री गगन थापालाई दलको नेता बनाउन अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफूले प्रयत्न गर्ने बताइसकेका छन् । यसले गर्दा प्रदीप पौडेललगायत देउवा समूहका रहेका धेरै युवा सांसदले गगनलाई साथ दिने सम्भावना धेरै छ । कांग्रेस महामन्त्री थापाले शनिबारदेखि संसदीय दलको नेता चयनका लागि आफूले सांसदहरूसँग भेटघाट र छलफल अघि बढाउने बताइसकेका छन् । अर्का महामन्त्री शर्माले पनि सर्वसम्मत नभए निर्वाचनबाटै दलको नेता चुनिने घोषणा गरिसकेकाले यसपटक कांग्रेस संसदीय दलको नेतामा चुनाव हुने सम्भावना बढेको छ ।

वि.सं.२०७९ मंसिर १४ बुधवार १६:४४ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...