काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय सस्था र खप्तड लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा मर्जरमा जाने सम्झौता भएको छ ।
यी दुई लघुवित्तबीच मंसिर १८ गते बिहान ९ बजे मर्जरमा जाने सहमतिपत्र (एमओयू)मा हस्ताक्षर भएको हो । सम्झौता भएसँगै नेप्सेले धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्तको शेयर कारोबार रोक्का राखेको छ ।
संस्थाले आधारभूत शेयरधनीको शेयर रोक्का राखी दिनको लागि निवेदन दिएबमोजिम कारोबार रोक्का राखेको नेप्सेले जानकारी दिएको छ ।
वि.सं.२०७९ मंसिर १८ आइतवार ११:२४ मा प्रकाशित