back
NMB ad

मधेश सरकारले ९ कक्षाका छात्राका लागि झन्डै ५ करोडको झोला किन्दै

Kumari bank ad

काठमाडौं ।  दुई वर्षअघि कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल बाँडेको मधेश प्रदेश सरकारले यस वर्ष ९ कक्षामा अध्ययनरत छात्रालाई झोला वितरण गर्ने भएको छ । अघिल्लो वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा अनियमितता भएको आशंका गर्दै त्यससम्बन्धी फाइलहरू मुख्यमन्त्रीको कार्यालयबाट लिएर गएको थियो। त्यसपछि आयोगले १० जना कर्मचारी र साइकल बिक्री गर्ने कम्पनीविरुद्ध मुद्दा नै दायर गरेको थियो ।

यसपटक पनि मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयमातहतको शिक्षा विकास निर्देशनालयले एउटा कम्पनीलाई ठूलो धनराशी खर्चिएर झोला खरिदको ठेक्का दिएको छ । न्यु आनन्द ट्रेड हाउस प्रालीसँग चार करोड ९६ लाख ९३ हजार ६ सय ८२ रुपैयाँमा ज्योमेट्रिक बक्ससहितको ब्याग खरिद गर्न लागेको हो । सबैभन्दा कम कबोल गरेको भन्दै झोला किन्न लागेको निर्देशनालयले जानकारी दिएको छ ।

यी सबै कार्यक्रम प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका रुपमा ल्याइरहेको छ । अभियान अन्तर्गत साइकल वितरणलाई चालु आर्थिक वर्षको बजेटमार्फत निरन्तरता दिइएको छ। यसमा सम्बन्धित विद्यालयको सिफारिशमा विद्यार्थीको खातामा रकम पठाउने व्यवस्था गरिएको छ। यसअघि मुख्यमन्त्री कार्यालयले आफैं साइकल वितरण गर्दै आएको थियो। साइकल वितरणमा अनियमितता भएको र अख्तियारले समेत छानबिन गरिरहेको अवस्थामा अब सम्बन्धित विद्यार्थीको खातामा रकम पठाउने व्यवस्था गरिएको हो। कक्षा १२ मा अध्ययनरत छात्राका लागि ल्यापटप वितरण योजना ल्याइएको छ। अभियानका लागि ७७ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।

वि.सं.२०७९ मंसिर २० मंगलवार ०८:३८ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...