back
NMB ad

संसदले दियो चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र (पत्रसहित)

Kumari bank ad

काठमाडौं  । संघीय संसद सचिवालयले सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र सम्बन्धित् निकाय र व्यक्तिलाई दिएको छ ।

जबराको मागअनुसार संसदले गत १ फागुनमा दर्ता भएको जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र दिएको हो ।

जबरासहित सम्बन्धित् निकालयलाई बुधबार संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पठाएको पत्र :

संघीय संसद सचिवालय
संसद भवन, सिंहदरवार
काठमाडौं, नेपाल ।

मितिः २०७९/१८/२१

पत्र संख्या :– ०७९÷८०
च.नं :– ७.

श्री राष्ट्रपतिको कार्यालय, शीतल निवास
श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार
श्री संवैधानिक परिषद्को कार्यालय, सिंहदरबार
श्री सर्वोच्च अदालत, रामशाहपथ
श्री न्याय परिषद्, समशाहपथ
सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जवरा, कठमाण्डौ ।

विषय जानकारी सम्बन्धमा ।

सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जवराले मिति २०७१÷०८÷२० मा तत्कालिन प्रतिनिधि सभामा पेश भएको महाभियोग सो प्रतिनिधि सभाको कार्यकाल समाप्त भईसकेको हुदा निष्प्रभावी भएकोले प्रधान न्यायाधीशको नियमित कार्य सम्पादन गर्नको लागि सम्बन्धित निकायहरुलाई जानकारी गराइदिनुहुन भन्ने व्यहोसको निवेदन यस सचिवालयमा दिनु भएको विषय अनुरोध गर्दछ। उपरोक्त निवेदनको सम्बन्धमा मिति २०७८ फागुन १. राते नेपालको संविधानको धारा १०१÷२) बमोजिम वहां विरुद्ध तत्कालिन प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्ताव र तत्पश्चात संघीय संसदको महासचिवबाट संविधानको धारा १०१ (६) बमोजिम कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र माथि उल्लेखित निकायमा जानकारी गराईएको थियो । सो महाभियोगको प्रस्ताव तत्कालिन प्रतिनिधि सभामा पेश, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाईएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मंसिरमा नयाँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई सकेकोले २०७८ फागुन १ मा तत्कालिन समयमा महासचिवबाट सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जवराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु। प्रधान न्यायाधीशको नियमित कार्य सम्पादन गर्नको लागि वहाले दिनु भएको निवेदनको छायाप्रति यसै साथ संलग्न रहेको छ ।

डा. भरतराज गौतम संघीय संसदको महासचिव

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:३५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...